काठमाडौं उपत्यकामा एकैदिन ३४ सय ३१ जना सवारी चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन्।
यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment