अल कायदा प्रमुख जवाहिरीलाई मारेको भनेर अमेरिकाले झुटो बोलेको हो ? तालिबानले उठायो गम्भीर प्रश्न

डिसी नेपाल
११ भदौ २०७९ १०:५७
128
Shares

काठमाडौं । तालिवानले अल–कायदाका पूर्व प्रमुख अयमान अल–जवाहिरीको शव अझै फेला नपरेको जनाएको छ । तर, उनीहरुको अनुसन्धान जारी छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार तालिवानले अल-जवाहिरीको शव फेला नपारेको बताए।

उनले पत्रकारहरुसँग भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ र अझै पूरा भएको छैन । यसबारेमा जे सुचना आउँछ त्यो अनुसन्धान पूरा भएपछि मात्र खुल्नेछ ।”

“आक्रमण भएको ठाउँमा सबै ध्वस्त भएको छ, कुनै शव फेला परेन,” तालिबानका एक आधिकारिक प्रवक्ताले भने।

जुलाई ३१ मा अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलामा अल जवाहिरी मारिएको दाबी गरेको थियो।

अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको थियो । जवाहिरीको मृत्युको पुष्टि अमेरिकी राष्ट्रपति जो बाइडेनले नै गरेका थिए ।

बाइडेनले भने, “जवाहिरीको हात अमेरिकी नागरिकको हत्याले रंगिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन्।”

अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकनीमा थिए जब ड्रोनबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो।

अमेरिकाले ड्रोन हमला भएको दाबी गरेपछि तालिबान अधिकारीहरूले भनेका छन् कि आक्रमणको समयमा घर खाली थियो। तालिवान अधिकारीहरूले ड्रोन आक्रमण खाली घरमा भएको बताएका छन्।

एक तालिबान नेताले रोयटर्स समाचार एजेन्सीलाई भने कि उनीहरूले आक्रमणको समयमा जवाहिरीको उपस्थितिको अमेरिकी दावीको पुष्टि गर्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *