सोनाली फोगाटको हत्यामा संलग्न भएको आरोपमा ४ जना पक्राउ
काठमाडौं । गोवा प्रहरीले शनिबार भाजपा नेता सोनाली फोगाटको संदिग्ध मृत्युमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। यसरी यस प्रकरणमा अहिले चार जना प्रहरीको हिरासतमा छन् ।
समाचार एजेन्सी एएनआईले गोवा पुलिसलाई उद्धृत गर्दै भन्यो कि गिरफ्तार गरिएका मध्ये एक जना अन्जुनाको रेस्टुरेन्टका मालिक हुन् भने एकजना लागूऔषध कारोबारी दत्तप्रसाद गाँवकर रहेको बताइएको छ।
यसैबीच, गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शनिबार भनेका छन् कि पुलिसले यस केसको अनुसन्धानमा सुरुदेखि नै सहयोग गरिरहेको छ र यस घटनामा जो कोही संलग्न छन्, उनीहरूलाई पुलिसले अवश्य सजाय दिनेछ।
उनले आरोपित सबै प्रहरीको हिरासतमा रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।
यसअघि शुक्रबार फोगाटका पीए सुधीर सांगवान र उनका सहयोगी सुखविन्दर सिंहलाई पक्राउ गरिएको थियो। साङ्वान र सिंहले सोधपुछका क्रममा सोनाली फोगाटको पेय पदार्थमा ‘हानिकारक रसायन’ मिसाएको स्वीकार गरेको प्रहरीले दाबी गरेको थियो ।
गोवा आईजी ओमवीर सिंह बिश्नोईले शुक्रबार भनेका थिए कि पुलिसले सीसीटीभी फुटेजको जाँच गर्यो, जसमा कथित आरोपी सुधीर सांगवान र उनका सहयोगी सुखविंदर सिंह सोनाली फोगाटसँग क्लबमा पार्टी गरिरहेको खुलासा गरेको थियो।
उनका अनुसार सीसीटीभी फुटेजमा एकजनाले सोनाली फोगाटलाई जबरजस्ती केही पदार्थ खुवाएको देखिएको छ ।
सोनाली फोगाटको उत्तरी गोवाको अन्जुनामा २२ अगस्टमा मृत्यु भएको थियो। पहिले सोनाली फोगाटको मृत्युको कारण हृदयघात भएको भनिएको थियो तर पछि गोवा प्रहरीले यस मामिलामा हत्याको लागि आईपीसी धारा ३०२ थप्यो।
सोनाली फोगाटका परिवारले अन्जुना प्रहरी चौकीमा लिखित उजुरी दिएका थिए । सो उजुरीमा परिवारले सुधीर र सुखविन्दरले सोनालीको हत्या गरेको आरोप लगाएका थिए ।
चार पृष्ठको उजुरीमा सोनालीका भाइले सुधीर र सुखविन्दरले आफ्नी बहिनीको सम्पत्ति हडप्ने नियतले सोनालीको हत्या गरेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment