डायनाले चढेको गाडी लिलाममा बिक्री
लन्डन। बेलायतकी पूर्वराजकुकारी डायनले चढेको गाडी लिलामीमा विक्री गरिएको छ। डायनको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा विक्री गरिएको हो। बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो।
नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन्। उनले शाही परिवारको भव्य रोल्स–रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment