युक्रेन छाडेर रुस आउनेहरुले हरेक महिना पेन्सन पाउने पुटिनको घोषणा

डिसी नेपाल
१२ भदौ २०७९ ११:५०
2.7k
Shares

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन छाडेका मानिसहरुलाई आर्थिक लाभ दिने योजना सुरु गरेका छन् ।

यो योजना अनुसार फेब्रुअरी १८ पछि युक्रेन छोड्न बाध्य भएकाहरूलाई प्रतिमहिना १० हजार रुबल वा १ सय ७० डलर पेन्सन दिइनेछ।

अपाङ्गता भएका व्यक्तिलाई पनि यो पेन्सनको हिस्सा बनाइएको छ । यसका साथै गर्भवती महिलालाई एक पटकको सहयोग पनि दिइनेछ ।

योजना अनुसार यसको फाइदा युक्रेन, डोनेट्स्क र लोहान्स्कका जनतालाई दिइनेछ। डोनेस्क र लोहान्स्कलाई रूसले फेब्रुअरीमा स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो।

रुसको यो कदमलाई युक्रेन र पश्चिमी देशहरूले गैरकानुनी भन्दै निन्दा गरेका छन् ।

फेब्रुअरी १८ मा, राष्ट्रपति पुटिनले डोनेट्स्क र लोहान्स्कबाट रुस आउने मानिसहरूलाई १० हजार रूबल दिन आदेश दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *