चीनले आक्रमण नगर्दै अमेरिकाले ताइवानलाई गोलाबारूद उपलब्ध गराउने सम्झौता गर्‍यो

डिसी नेपाल
१२ भदौ २०७९ ११:५६
376
Shares

काठमाडौं । ताइवानले अमेरिकासँग गोलाबारुद, अपाचे र ब्ल्याक हक हेलिकप्टरका पार्टपुर्जाका लागि ४५ मिलियन डलरको सम्झौता गरेको छ । ताइवानको अखबार ताइपेई टाइम्सले रक्षा मन्त्रालयको सूचनालाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

अखबारका अनुसार, एक रक्षा अधिकारीले चिनियाँ भाषाको लिबर्टी टाइम्सलाई भने कि डिसेम्बर २०२८ सम्मका लागि सम्झौता गरिएको छ। ताइवान वरिपरि बढ्दो चिनियाँ सैन्य अभ्यासलाई ध्यानमा राखेर यो सम्झौता गरिएको हो।

स्रोतका अनुसार यदि चीनले ताइवानलाई घेरा हाल्यो भने त्यहाँको सेनाको हेलिकप्टरसँग लड्नका लागि पर्याप्त गोला बारूद र स्पेयर पार्ट्स हुनेछन्। अमेरिकाका लागि ताइवानका प्रतिनिधि सियाओ बि–खिमले चिनियाँ सैन्य अभ्यासपछि हतियार बिक्री पहिले जस्तै भएको बताएका छन् ।

अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा चीनले अमेरिकालाई ताइवानलाई हतियार नबेच्न चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *