४ वर्षमा पैसा दोब्बर हुने लोभ देखाएर ५ अर्ब रुपैयाँ ठगी

डिसी नेपाल
१२ भदौ २०७९ १२:४५
460
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशको वाराणसी पुलिसले चार वर्षमा पैसा दोब्बर बनाउने प्रलोभनमा तीन अर्ब भारतीय रुपैयाँ (४ अर्ब ८० करोड नेपाली रूपैयाँ) ठगी गर्ने दुईजना आरोपीलाई पक्राउ गरेको छ। धेरै राज्यका पुलिसले इन्डस वेयरहाउस घोटालाका यी दुई ठगहरूको खोजी गरिरहेका थिए। धेरै वर्षपछि दुवैजनालाई प्रहरीले समातेका छन् ।

जानकारीका अनुसार यस गिरोहविरुद्ध बिहार, पश्चिम बङ्गाल, मध्यप्रदेश, छत्तीसगढलगायत राज्यमा सयौं ठगी मुद्दा दर्ता छन्। यी अभियुक्तहरुको खोजी भइरहेको थियो । वाराणसी प्रहरीले वान्टेड अपराधी अरुणेश सीतालाई लखनउबाट पक्राउ गरेको छ । कम्पनीका दोस्रो सञ्चालक तथा अभियुक्त बालचन्द चौरसियालाई बलियाबाट पक्राउ गरिएको छ । प्रहरीले हाल दुवै अभियुक्तलाई सोधपुछ गरिरहेको छ । थप कारबाही भइरहेको छ। दुवैलाई अदालतमा पेश गरिनेछ।

यसअघि पैसा दोब्बर बनाउने नाममा ठगी गर्ने गोण्डा निवासी बाबु छोरालाई एसटीएफ र पलिया प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ लाख ३९ हजार रुपैयाँ, बोलेरो गाडी, नक्कली परिचयपत्र र केही केमिकल समेत बरामद भएको छ । पलियाको अहिरन नगरका मुख्तार सिंहले ठूलो ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ । पैसा दोब्बर दिने प्रलोभनमा उनलाई बोलेरो गाडीमा नगर पलियाबाट गोण्डा लगिएको बताइएको छ । त्यहाँ उनीसँग साढे दुई लाख रुपैयाँ ठगी भएको थियो । त्यसयता पलिया प्रहरीले ठगको खोजी गरिरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *