८७ जना सवार जहाजमा आगो लाग्यो, ज्यान बचाउन यात्रु समुद्रमा हाम्फाले
काठमाडौं । दक्षिण मनिलाको एउटा बन्दरगाहतर्फ जाँदै गरेको जहाजमा आगलागी भएको छ । खबर आउनेबित्तिकै यात्रुहरुमा त्रास फैलियो । धेरैले ज्यान जोगाउन समुन्द्रमा हाम फाले । घटनाको समयमा जहाजमा ८७ यात्रु सवार थिए ।
समाचार एजेन्सी एपीका अनुसार घटना अगस्ट २७ को हो। जहाज ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरबाट दक्षिण मनिला बन्दरगाहतर्फ जाँदै थियो। बन्दरगाहबाट करिब १ किलोमिटर टाढा रहेको जहाजको दोस्रो डेकबाट धुवाँ निस्कन थाल्यो । केही बेरमै आगो बल्न थाल्यो ।
आगो लाग्दा उद्धार गरिएका सबै बन्दरगाह नजिकै थिए । फिलिपिन्स कोस्टल गार्डले सबैलाई उद्धार गरेको छ । एक अधिकारीले भने – एमभी एशिया फिलिपिन्स जहाजमा चालक दलका ३८ सदस्य र ४९ यात्रु सवार थिए । बोर्डमा कम्तिमा १६ कार र ट्रकहरू पनि थिए। आगलागीको कारणबारे अनुसन्धान गरिरहेका छौं । दुर्घटनामा के कति क्षति भयो भन्ने पनि अनुसन्धान भइरहेको छ ।
एक यात्रुले भने– डेकबाट धुवाँ निस्किरहेको खबर पायौं । हामी डरायौं। हावा धेरै बलियो थियो त्यसैले आगो छिटो फैलिरहेको थियो। मानिसहरू समुद्रमा हाम फालेका थिए। आफ्नो ज्यान जोगाउन मैले छोराछोरीलाई पानीमा धकेले, त्यसपछि म पनि हाम फालें । नजिकै तटरक्षकहरू उपस्थित थिए। डुङ्गा पनि धेरै थिए । हामीले छिट्टै मद्दत पायौं।
एक अधिकारीले भने कि समुद्रमा घटनाहरू फिलिपिन्समा सामान्य छन्। बारम्बार हावाहुरीका कारण दुर्घटना हुने गरेको छ । यसको अर्को कारण जहाजको कमजोर अवस्था हो। धेरै जहाज समयमै मर्मत हुँदैनन्। समुद्री सुरक्षा प्रणाली पनि कमजोर छ।







डिसी नेपाल







Facebook Comment