कम्मरमा २ वटा बन्दुक राखेर सवा ३ करोड नगद बोकेर सीमा पार गर्न लागेकी मेयरकी छोरी पक्राउ
काठमाडौं । सीमा क्षेत्रबाट दुई करोड रुपैयाँ नगदसहित नेताकी छोरी पक्राउ परेकी छन् । उनको साथबाट दुई थान पेस्तोल समेत बरामद भएको छ । अमेरिकाको टेक्सासबाट पक्राउ परेकी युवतीको नाम येशी मोरिया हो ।
२८ वर्षीया येशी मेक्सिकोको मिचोआकान नगरपालिकाकी मेयरकी छोरी हुन्। उनलाई अमेरिकी भन्सार र सीमा सुरक्षा टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।
‘डेली मेल’को रिपोर्टका अनुसार येशी मोरिया ३ करोडभन्दा बढी नगद र बन्दुक लिएर अमेरिकाबाट मेक्सिको जान खोजिरहेकी थिइन् । तर सीमा पार गर्नु अघि, उनी टेक्सासको लारेडोमा जुआरेज-लिंकन ब्रिजमा चेकको क्रममा समातिइन्।
सोधपुछका क्रममा उनी मिचोआकान नगरपालिकाका मेयर आर्टेमियो मोरियाकी छोरी भएको खुलासा भएको छ । अफिसरहरूले उनको कारबाट कोल्ट १९११.४५ क्यालिबर बन्दुक र जीलक ९ एमएम ह्यान्डगन फेला पारे। यसबाहेक अढाइ लाख डलर नगद पनि प्राप्त भएको छ । येशी मोरियालाई त्यसपछि वेब काउन्टी शेरिफको पुलिसलाई सुम्पियो।
तर, चार लाख धरौटी बुझाएर उनी जेलमुक्त भएकी छिन् । येशीले इन्स्टाग्राममा आफ्नो गिरफ्तारी राजनीतिक प्रेरित भएको बताएकी छिन् । उनले आफ्नो परिवारलाई बदनाम गर्न राजनीतिक उद्देश्यका लागि यो सबै गरिएको आरोप लगाइन् ।
अमेरिकी कानून अनुसार यति ठूलो रकम देश भित्र वा बाहिर लैजाने व्यक्तिको बारेमा सीमा सुरक्षा टोलीलाई जानकारी दिन आवश्यक छ। केवल एक निश्चित रकम प्रतिबन्ध बिना बोक्न सकिन्छ।







डिसी नेपाल







Facebook Comment