बुलेट रानी पक्राउ

डिसी नेपाल
१४ भदौ २०७९ १३:१७
1.2k
Shares

काठमाडौं । सामाजिक सञ्जालमा ‘मिस जाटनी’ र ‘बुलेट रानी’ भनेर चिनिने शिवांगी दबासलाई गाजियाबाद प्रहरीले पक्राउ गरेको छ । शिवांगी प्रहरीको स्कुटीसँग ठोक्किएको आरोप छ । यसै क्रममा शिवांगीले प्रहरीसँग माफी मागेको र आमाले खुट्टा छोएर माफी मागेको बताएकी छिन् । शिवांगीले प्रहरीले आफूलाई कुटपिट गरेको आरोप पनि लगाएकी छन् । उता, शिवांगीले पुलिसमाथि हात उठाएको यूपी पुलिसको दाबी छ।

शिवांगी दबास सामाजिक सञ्जालमा निकै चर्चित छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा बढी फलोअर्स छन् । वास्तवमा हिजो राती शिवांगी दबास साथीसँग घर फर्कदै थिइन् । उनले स्कुटीमा रहेकी महिला प्रहरी ज्योति शर्मालाई ठक्कर हानेको आरोप छ । शिवांगी दबासको भिडियोमा उनी महिला प्रहरीसँग झगडा गरिरहेको देखिन्छ । भिडियोमा शिवांगीले भनिरहेकी छिन्, ‘मैले एकपटक माफी मागेकी छु, तर पनि तपाईंले मलाई हात छाडिरहनुभएको छ।’

दुवैबीच विवाद बढेपछि महिला प्रहरी जवान ज्योतिले घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले शिवांगीलाई उनको घरबाट प्रहरी चौकी ल्यायो । मधुवन बापुधाम प्रहरी चौकीले शिवांगी विरुद्ध विभिन्न धारामा मुद्दा दर्ता गरेको छ ।

शिवांगी दबासले भनिन्, ‘यो विवादपछि मैले महिला प्रहरीसँग धेरै पटक माफी मागेकी छु, मेरी आमाले पनि उनको खुट्टा छुनु भएको छ । यसपछि पनि महिला प्रहरीले मलाई कुटपिट गरिन् ।’ शिवांगीले आफू प्रहरी चौकी जाँदै गर्दा अनुहारमा चिथोरेको र थप्पड हानेको आरोप लगाएकी छन् । शिवांगीले भनिन्, ‘हामी दुवै गलत साइडबाट आउँदै थियौं ।’

शिवांगीले आफू र महिला प्रहरीको गाडीबीच कुनै ठक्कर नभएको बताइन् । यसका बाबजुद महिला प्रहरीले उनीमाथि आरोप लगाएकी छिन् । यस विषयमा सीओ सदर आकाश पटेलले भने, ‘हिजो राति महिला प्रहरी ज्योति शर्मा डायल १०० को ड्युटी पूरा गरेर घर फर्कदै गर्दा शिवांगी दबासले उनको स्कुटीलाई ठक्कर दिएपछि शिवांगीले महिला प्रहरीमाथि हात उठाइन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *