माओवादी केन्द्र लमजुङको इन्चार्जमा पौडेल र जिल्ला संयाेजकमा गुरूङ चयन

डिसी नेपाल
१४ भदौ २०७९ २१:१४
108
Shares

लमजुङ। माओवादी केन्द्र लमजुङको इन्चार्जमा केन्द्रीय सदस्य पारशमणि पाैडेल र जिल्ला संयाेजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।

आइतबार पाेखरामा सम्पन्न माओवादी केन्द्रकाे गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयाेजकमा गुरूङलाई चयन गरेकाे हाे ।

बैठकले प्रदेश निर्वाचन क को इन्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र ख को इन्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेकाे छ ।

प्रदेश समिति सदस्यहरुबाट पालिका इन्चार्जहरुमा मध्यनेपाल नगरपालिकामा राम चन्द्र पौडेल, दोर्दी गाउँपालिकामा निरजन कुवर, दूधपोखरी गाउँपालिकामा सतिमाया तामाङ, सुन्दरबजार नगरपालिकामा सुनिल सुनार, मर्स्याङ्दी गाउँपालिकामा होम बहादुर बि.क., राइनास नगरपालिकामा चन्द्र कान्त न्यौपाने, बेशिसहर नगरपालिकामा हरिजङ तामाङ र क्व्होलासोथर गाउँपालिकामा लालबहादुर गुरुङ चयन भएका छन ।

यस्तै, लमजुङबाट प्रदेश समिति सदस्यमा नन्दबहादुर कुमाल (सवीन), अजय तामाङ जलालदिन मिया, यसोदा न्यौपाने सन्तोषी गौली र जुना बिकलाई थप सदस्य बनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.