हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र बिक्रीमा, कति पाइन्छ ब्याज ?

डिसी नेपाल
१५ भदौ २०७९ ९:१२
28
Shares

काठमाडौँ। हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र  आज (बुधबार, भदौ १५ गते)देखि बिक्री खुला गरेको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।

बैंकले जारी गरेको ऋणपत्रमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र छुट्याईएको छ। । यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ।

त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ। यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.