रौतहटमा अर्का युवाले गरे आत्मदाहको प्रयास, काठमाडौं पठाइयो
काठमाडौं । रौतहटमा आत्मदाहको प्रयास गरेर घाइते भएका युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षका गौतम कुमार साहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार उनले मंगलबार राति करिब १ बजेको समयमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगलागीका कारण उनको घाँटीमुनिको भाग र शरीरको करिब ३१.५ प्रतिशत हिस्सा जलेको छ।
घटनालगत्तै गम्भीर घाइते भएका सहनीलाई स्थानीय र आफन्तको सहयोगमा तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो। अस्पताल प्रशासनले बुधबार बिहान करिब ४ बजे घटनाबारे प्रहरीलाई औपचारिक जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको हो ।
बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिए तापनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप र विशेष उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम तर स्थिर रहेको र उनले के-कति कारणले आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयले थप गहन अनुसन्धान अगाडि बढाएको छ।






डिसी नेपाल





Facebook Comment