गोर्भाचोभलाई यसरी सम्झे बाइडेनले
न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचोभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन्।
‘यी दुर्लभ नेताका यस्ता कार्य थिए–एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडेनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो।’ गोर्भाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडेनले बताए।
लामो समयदेखि बिरामी भएका गोर्भाचोभको मंगलबार निधन भएको थियो। सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरे र उनी शितयुद्धका अन्तिम नेता हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment