राप्ती हाइड्रोको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार ?

डिसी नेपाल
१५ भदौ २०७९ १२:४९
112
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ। नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो।

कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन्। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर बुधबार (१५ भदौ) देखि दोस्रो बजार कारोबार सुरु भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सो २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.