प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित गुरागाई पक्राउ

डिसी नेपाल
१५ भदौ २०७९ १३:००
124
Shares

काठमाडौँ। प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन्।

गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरागाईउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौँ जिल्ला अदालतबाट १० को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *