कालापानी, लिम्पियाधुरा र लिपुलेकका भूमि फिर्ता ल्याउन पहल हुनुपर्छः केपी ओली

डिसी नेपाल
१५ भदौ २०७९ १८:४८
128
Shares

महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताएका छन्।

नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका र गठबन्धनका शीर्ष नेताहरूले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता गराउने विषयमा पहल गर्नुपर्ने बताए ।

सुकुम्बासी, मुक्त कमैया आदिवासी र गरिब जनताको पार्टी एमाले भएको भन्दै उनले ‘समृद्ध नेपाल, खुसी नेपाली’को परिकल्पनाका साथ अघि बढेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.