कैलालीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७९ २०:४८
28
Shares

धनगढी । कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकीछन् ।

निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन् ।

हालसम्म देशभरी पुसदेखि आएतबारसम्म दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामामात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ । गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए । खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख धामीले भने, ‘परीक्षण गर्न किट महँगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौँ, माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *