‘सिनजियाङमा गम्भीर मानवअधिकार हनन’

डिसी नेपाल
१६ भदौ २०७९ ९:४४
172
Shares

बेइजिङ। संयुक्त राष्ट्रले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ। बुधबार जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सरकारको आतंकवाद विरोधी र ‘अतिवाद विरोधी’ नीतिहरूको कार्यान्वयनका कारण सिनजियाङ क्षेत्रमा गम्भीर मानवअधिकार हनन भएको दाबी गरे।

पश्चिमी सिनजियाङमा दश लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकलाई हिरासतमा राखेको बेइजिङमाथि आरोप लाग्दै आएको छ। अभियानकर्ताले बेइजिङमाथि नजरबन्द, जबरजस्ती श्रम र नसबन्दी, उइघुर धार्मिक र सांस्कृतिक स्थलहरूको विनाशलगायतका मानव अधिकार उल्लंघन गरेको अभियानकर्ताले आरोप लगाउँदै आएका छन्।

चीनका अल्पसंख्यक जातीय मुसलमान उहीगुरको सिनजियाङ प्रान्तमा बाहुल्य छ । सिनजियाङको कुल जनसंख्याको झन्डै आधा प्रतिशत उहिगुरको छ। सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ। उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर विश्व समुदायले चीनको आलोचना गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *