भारतीय प्रधानमन्त्री मोदीको ट्वीटमा पाकिस्तानका प्रधानमन्त्रीले यस्तो जवाफ दिए

डिसी नेपाल
१६ भदौ २०७९ १०:५६
328
Shares

काठमाडौं । पाकिस्तानमा भीषण बाढीका कारण भएको विनाशका बीच भारत र पाकिस्तानबीचको सम्बन्धमा केही नरमपना आएको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री मोदीले पाकिस्तानमा आएको बाढीको अवस्थाप्रति दुःख व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘पाकिस्तानमा आएको बाढीबाट भएको विनाश देखेर दुःख लागेको छ । यस प्राकृतिक प्रकोपबाट पीडित, घाइते र प्रभावित सबैका परिवारजनमा हामी गहिरो समवेदना व्यक्त गर्दछौं र स्थिति छिट्टै सामान्य होस् भन्ने आशा गर्दछौं।’

त्यसपछि शाहबाज सरिफले ट्वीट गर्दै भनेका छन्, ‘बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति समवेदना प्रकट गरेकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु । इन्शाअल्लाह, पाकिस्तानका जनताले आफ्नो शक्तिले यस प्राकृतिक प्रकोपको प्रतिकूल प्रभावलाई जितेर आफ्नो जीवन र समुदायको पुनर्निर्माण गर्नेछन्।’

पाकिस्तानमा बाढीको अवस्था अझै खराब छ, जसका कारण ११ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब ११ लाख घर र भवन ध्वस्त भएका छन् । देशमा राहत र उद्धार कार्य जारी छ र मानिसहरूलाई राहत शिविरमा ल्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *