प्यारासुट नेचुराल स्याम्पुले आयोजना गर्यो तीज विशेष कार्यक्रम “सङ्गीसँग तीज”

डिसी नेपाल
१६ भदौ २०७९ ११:५२
24
Shares

काठमाडौँ। प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ। गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो। कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो।

प्यारासुट नेचुराल स्याम्पुको ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो। कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो।

तीज महिलाहरुको एक विशेष चाड हो जुन मुख्यतया देशभरका नेपाली महिलाहरूले धेरै उत्साह र जोशका साथ मनाउँछन्। हरियाली तीज र हरितालिका तीज मनसुन मौसमलाई स्वागत गर्दछ र मूलतः केटी र महिलाहरुद्वारा सिंगारपटार गरि, गीत, नृत्य अनुष्ठानका साथ मनाउँछन्।

यसका अतिरिक्त, यो अभियान प्यारासुट स्याम्पु आफ्ना प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई अझ विस्तार र स्थापना गर्नका लागि पनि हो।

प्यारासुट नेचुराल स्याम्पुका बारेमाः
प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, मेहेन्दि, रेड हिबिस्कस र एलोभेराजस्ता प्राकृतिक सामाग्रीहरूको मात्र प्रयोग गरिन्छ।

मेरिकोका बारेमाः
मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो। मेरिको एसिया र अफ्रिकाका उदीयमान २५ भन्दा बढी देशहरूमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ। यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाइ, र कपडाको हेरचाहका क्षेत्रहरूमा अग्रणी ब्राण्डहरूको संवद्र्धन गर्दछ। कम्पनीले, २०१९/२० मा, भारतमा बेचेका उत्पादनहरू साथै एसिया र अफ्रिकामा छनौट गरिएका बजारहरूमार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *