अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

डिसी नेपाल
१६ भदौ २०७९ १२:०५
2.2k
Shares

न्युयोर्क। अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ। सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए।

सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार भर्ती गर्ने लक्ष्य गुमाउने भविष्यवाणी गरेका थिए। युवाहरु आक्रमणको जोखिममा रहने उनीहरूका अभिभावले विश्वास गरेमा निश्चित रूपमा भर्तीमा प्रभाव पर्न सक्ने बताइन्छ।

यौन दुव्र्यवहारका घटना नियन्त्रण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र सैन्य सेवा संघर्षरत रहे पनि सन् २००६ देखि झन्डै हरेक वर्ष दुर्व्यवहारका घटनामा वृद्धि भइरहेको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *