चोलेन्द्र समशेर जबरासँगको दोस्रो दिनको बयान सकियो

डिसी नेपाल
१६ भदौ २०७९ १३:५२
272
Shares

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ। उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो।

समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए। योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ। समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ।

बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए। प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो।

बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.