फ्यानहरूलाई ७ अर्ब रूपैयाँ ठगेर गायब भइन् सुन्दरी इन्स्टाग्राम स्टार !

डिसी नेपाल
१६ भदौ २०७९ १५:४६
64
Shares

काठमाडौं । एक चर्चित युट्युबरमाथि ७ अर्बभन्दा बढी ठगी गरेको आरोप लागेको छ । विदेशी मुद्रा व्यापार घोटाला मार्फत उनले हजारौं फलोअर्सलाई आफ्नो जालमा फसाएकी थिइन् । युट्युबरले फलोअरहरूलाई लगानीमा ठूलो नाफाको वाचा गरेकी थिइन् ।

घटना थाइल्याण्डको हो । नाथमोन खोङ्चकको युट्युब च्यानल नट्टीज डायरीलाई ८ लाख ४७ हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् । यहाँ उनी डान्सको भिडियो पोस्ट गर्ने गर्दथिन् । इन्स्टाग्राममा पनि नाथमोनको ३ लाखभन्दा बढी फलोअर्स छन् । यहाँ उनले विदेशी मुद्रा व्यापारीहरूको लागि निजी पाठ्यक्रमहरू प्रवर्द्धन गर्थिन्।

द थाइगरको रिपोर्ट अनुसार नाथमोनलाई लगानीका लागि ६ हजारभन्दा बढीले पैसा दिएका थिए । एक वकिलले दर्जनौं पीडितहरूलाई थाई पुलिसमा उजुरी दर्ता गर्न मद्दत गरे। रिपोर्टमा फलोअरहरूलाई ३५ प्रतिशतसम्म नाफा दिने वाचा गरिएको बताइएको छ ।

मेमा आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा, नाथमोनले आफूसँग लगानीकर्ताहरूबाट करिब २७.५ मिलियन डलर रहेको बताएकी थिइन् । भिडियोमा, उनले दावी गरिन् कि ब्रोकरले मार्चदेखि उनको ट्रेडिङ खाता र उनको कोष ब्लक गरेको थियो। तर उनले जनताको पैसा फिर्ता गर्ने प्रयास गर्ने बताइन् । यद्यपी यी आरोपका सम्बन्धमा नाथमोनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

साइबर अपराध अनुसन्धान ब्यूरोका प्रहरी अधिकृत वाटाना केतुम्पाईले भने – इन्टरनेट अपराधको अनुसन्धान गरिरहेको थाइल्याण्ड प्रहरीको एक इकाईले गत हप्ता ठगी मुद्दामा नाथमोन विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यस विषयमा हालसम्म १ सय २ उजुरी परेका छन् । उनीहरुको करिब साढे ६ करोड रुपैयाँ घाटा भएको दाबी गरिएको छ । केतुम्पाईले भने- दिनहुँ नयाँ नयाँ पीडित आउँछन् । उनले लाखौं रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । उनले अन्य प्रहरी कार्यालयमा पनि धेरैले उजुरी दिएकाले ठगीको संख्या धेरै हुनसक्ने बताए ।

नाथमोन जुन महिनादेखि सामाजिक सञ्जालमा देखिएकी छैनन्। जनताले देश छाडेको महसुस गरेका छन् । केतुम्पाईले भने- अध्यागमनको रेकर्ड हेर्दा नाथमोन थाइल्यान्डबाट बाहिर गएको छैन जस्तो लाग्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *