राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक के हुन्छ?

डिसी नेपाल
१७ भदौ २०७९ ७:१९
32
Shares

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ। राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो।

बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो। उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.