राप्रपा नेपालले जिल्लालाई भन्यो-२१ गते भित्र उम्मेदवार सिफारिस गर्नु

डिसी नेपाल
१७ भदौ २०७९ १०:१२
64
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्बाचनको निमित्त भाद्र २१ गते भित्र संघ,प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।

यसै गरि बैठकले आगामि मंसिर ४ गतेको निर्बाचनलाई दृष्टिगत राखी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ। साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ।

कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भाद्र ३० गते विहिबार सुरु हुने मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ।

यसै गरी विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिहरुसँग आवश्यक छलफल,परामर्श र बार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।

बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरणबारे समेत महत्त्वपूर्ण छलफल भएको बर्तौलाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.