कांग्रेस सभापति शाही सर्वसम्मत सिफारिस

डिसी नेपाल
१८ भदौ २०७९ १०:२८
100
Shares

मुगु। नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ। शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए।

उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल , महिला समानुपातिक धनसिला मल्ल , र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो।

यस्तै कर्णाली प्रदेश सभा क , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल , हरिजंग शाही , तिलकबहादुर मल्ललाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो।

प्रदेश समानुपातिकतर्फ सुर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र , पदम रावल खस आर्य , लक्ष्मि रावत महिला खस आर्य , भिम तिरुवा दलित , च्यावा लामा जनजाति , फुन्जोक लामा जनजाति , रमाईलि रावल ख्ला , र खुम्मेनी विक दलित महिलाको लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए।

साथै प्रदेशसभा ख अन्तर्गत प्रत्यक्षतर्फ खड्क बहादुर शाही , रतन बहादुर शाही , र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र , महेश गिरी अपाङ्ग , रुपकर्ण शाही महिला , गोमा गिरी महिला , लोक बहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ।

निर्वाचन क्षेत्र अनुसार प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका पर्छन भने प्रदेश ख, अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.