भारतको विदेशी मुद्रा सञ्चिति ठूलो परिमाणमा घट्दै
काठमाडौं । भारतीय रिजर्भ बैंकका अनुसार अगस्ट अन्तिम साता देशको विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति करिब ३ अर्ब अमेरिकी डलरले घटेर ५ खर्ब ६१ अर्ब ४६ करोड अमेरिकी डलर पुगेको छ ।
एक साताअघि यो सञ्चिति ६ अर्ब ६८ करोड अमेरिकी डलरले घटेर ५६४ अर्ब ५३ करोड अमेरिकी डलर पुगेको थियो ।
विदेशी मुद्रा सम्पत्ति र सुनको सञ्चितिमा आएको गिरावटले अगस्ट २६ को सातामा विदेशी मुद्रा सञ्चिति ५६१ अर्ब ४६ अर्ब अमेरिकी डलर पुगेको छ ।
यो साता एफसीएले करिब २.५ अर्ब अमेरिकी डलरको गिरावट रेकर्ड गरेको छ र त्यसपछि ४९८.६४५ अर्ब अमेरिकी डलरमा झरेको छ ।
अर्कोतर्फ सुनको भण्डारको कुरा गर्ने हो भने यसमा २७१ मिलियन अमेरिकी डलरको गिरावट आएको छ । यो गिरावटसँगै भारतको सुनको भण्डार ३९.६४३ अर्ब अमेरिकी डलरमा झरेको छ ।







डिसी नेपाल







Facebook Comment