आमाले गरिन् २ छोराछोरीको हत्या, २ हप्तासम्म शव घरमा लुकाएर राखिन्

डिसी नेपाल
१८ भदौ २०७९ १२:४८
728
Shares

काठमाडौं । एक महिलाले आफ्ना दुई सन्तानको हत्या गरेको आरोप लागेको छ । महिलालाई पक्राउ गरिएको छ । रिपोर्टका अनुसार आमाले दुई बालबालिकाको निर्ममतापूर्वक हत्या गरी शव दुई हप्तासम्म ओछ्यानमा लुकाएर राखेकी थिइन् ।

यस अवधिमा महिलाले केही भएको छैन जस्तै सामान्य जीवन बिताइरहेको दाबी गरिएको छ । त्यसपछि महिलाले वकिललाई बोलाएर आफूले बच्चाहरूलाई मारेको बताएकी थिइन् । वकिलले प्रहरीलाई सम्पर्क गरे । त्यसपछि प्रहरीले महिलाको घरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो । यो घटना ब्राजिलको हो ।

मेट्रोको रिपोर्टका अनुसार एलियारा पाज नार्डेसले ९ वर्षीया छोरी एलिस नार्डेस डे ओलिभेरा र ३ वर्षीय छोरा जोआकिम नार्डेस जार्डिनको हत्या गरेकी थिइन् । ब्राजिलको परानाको फ्ल्याटमा महिलाले बालबालिकाको हत्या गरेकी हुन् ।

एलियाराले पछि वकिललाई बोलाएर हत्या गरेको स्वीकार गरिन् । त्यसपछि प्रहरी टोलीले इलियाराको घरमा छापा मार्दा प्रहरीले अगस्ट २७ मा बालबालिकाको शव फेला पारेको थियो ।

प्रहरी टोली घरभित्र पुगेपछि इलियाराको ओछ्यानमा दुवै बालबालिकाको शव फेला परेको थियो । दुर्गन्ध नआओस् भनेर मृत शरीरलाई आमाले कम्बलले छोपेकी थिइन् ।

एलियाराले सोधपुछका क्रममा आफूले छोराछोरीलाई राम्ररी खुवाउन नसकेको बताएकी छन् । एक्लै बस्दा थाकेको र आर्थिक र भावनात्मक रूपमा पनि नराम्ररी टुटेको समेत उनले बताइन् ।

एलियाराका अनुसार दुवै सन्तानका पिता फरक–फरक व्यक्ति थिए । एलियाराले प्रहरीलाई भनिन् कि उनले बालिकालाई घाँटी थिचेर मारेकी थिइन्, त्यसपछि उनको अनुहार सिरानीले छोपेका थिए।

सोही क्रममा अलियाराले बालकको स्कार्फले घाँटी थिचेकी थिइन् । यद्यपी यस घटनामा प्रहरीले पोस्टमार्टमको प्रतिवेदन पर्खिरहेको छ । ती महिलाले करिब दुई साताअघि बालबालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता अन्ना हासले भनिन्, ‘हामी अपार्टमेन्टमा प्रवेश गर्यौं र दुवै बालबालिका सुतेका थिए । दुबैजना सुतेको जस्तो लाग्यो । योसँगै प्रहरीसामु यो प्रश्न उठिरहेको छ कि ‘अपराधको क्रम’ के थियो ? पहिला को मरे ?’ तर, प्रहरी प्रवक्ता हासले पहिले बालकको अगस्ट १३ मा हत्या भएको र त्यसपछि १७ अगस्टमा बालिकाको हत्या भएको बताइन् ।

बालकको हत्यापछि अलियाराले सामान्य जीवन बिताइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हरेक दिन काममा जान्थिन् र आफ्नो फ्ल्याट सफा पनि गर्थिन् । ट्रायल अघि प्रहरीले उनलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *