हिन्दुराष्ट्रको आवाज वुलन्द पार्न राप्रपा नेपाल संसदमा पुग्नुपर्छ : कमल थापा

डिसी नेपाल
१८ भदौ २०७९ १९:२३
124
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश संकटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने बेला नभएको बताएका छन् । अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफु विश्वस्त रहेको बताए ।

राप्रपा नेपाल काठमाडौंद्वारा आयोजित वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निष्ठापूर्वक हिन्दुराष्ट्रको मुद्धा उठाउने एकमात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दुराष्ट्रको बीउ जोगाउन पनि आगामी निर्वाचनमा राप्रपा नेपाललाई संसदमा पु¥याउन आवश्यक रहेको जिकिर गरे । यदि यसो हुन नसकेमा नेपालमा हिन्दुराष्ट्र पुनस्र्थापनाको मुद्दा पनि सदाको लागि मर्ने भएकोले राष्ट्र र राष्ट्रियताप्रति सजग आम जनता समयमै सचेत हुनुपर्ने अध्यक्ष थापाले बताए ।

नागरिकता विधेयक पारीत गरी गठबन्धन सरकारले गरेको राष्ट्रघातलाई चुनावी अभियानका क्रममा राप्रपा नेपालले गठबन्धन सरकारको ‘भण्डाभोर अभियान’ पनि सँगसँगै चलाउने भन्दै थापाले द्रुतगतिमा संगठन विस्तारमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । राप्रपा नेपालले न्यायलयबाट ‘गाई चिन्ह’ पाउने आशा गरेको बताउँदै थापाले अधिकारबाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने संघर्षमा जाने उद्घोष समेत गरे ।

सो पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका नेता महामाया प्रसाद सिंह राजपुत, राप्रपा काठमाडौंका पूर्व अध्यक्ष श्याम प्रसाद घिमिरे, रमेश नापित, रुक्मणी खन्गाह, प्रदिप कार्कीलगायत ४६० जनाले राप्रपा नेपाल प्रवेश गरेको थिए । नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष जयकुमार खड्कालगायतका नेताहरुले खादा र टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.