बाबुरामलाई चुनाव जित्न डा. गोविन्द केसीले दिए शुभकामना

डिसी नेपाल
१८ भदौ २०७९ १९:४२
224
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ ।

भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति र विसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाएका छन् । उनले त्यसका लागि डा. केसीप्रति आभार प्रकट गरेका छन् । उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.