सिरहा–४ (ख) जसपाबाट सुरेश मण्डलको नाम सिफारिस, गठबन्धनबाट टिकट पाउने संभावना
काठमाडौं। निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले धमाधम उम्मेदवारको सिफारिस गर्न थालेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) बाट सिरहा क्षेत्र नम्बर–४ (ख) बाट मधेस प्रदेशका पूर्व राज्यमन्त्री सुरेश मण्डल सिफारिस भएका छन्।
जसपाको राजनीतिक समितिको सदस्यसमेत रहेका मण्डललाई आगामी चुनावका लागि जसपा सिरहा क्षेत्र नम्बर–४ आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो।
मण्डल २०७४ सालको प्रदेश सभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित भएका थिए। उनी यसअघि मधेस प्रदेशमा राज्यमन्त्रीसमेत बनेका थिए।
पाँच दलीय गठबन्धनमा जुन दलले जहाँबाट जितेको छ, सो दललाई त्यहाँ सघाउने नीति अनुरुप गठबन्धनबाट साझा उम्मेदवार मण्डल नै हुने संभावना छ।
अघिल्लो निर्वाचनमा निर्वाचित, स्थानीय तहमा सबै भन्दा बढी मत प्राप्त गरेको दलका नेता भएका कारण पनि मण्डलले टिकट पाउने संभावना बढेको हो।
जसपामा राजनीतिक समितिको सदस्य, यसअघि निर्वाचित, राज्यमन्त्रीसमेत युवामाझ लोकप्रिय एवं बौद्धिक नेताको रुपमा मण्डल परिचित छन्। मधेश आन्दोलनदेखि विभिन्न आन्दोलनहरुमा मण्डलले सक्रिय सहभागिता जनाउँदै आएका छन्।







डिसी नेपाल








Facebook Comment