खोटाङबाट प्रतिनिधिसभाका लागि एमालेका १० आकांक्षी, दोहोरिएलान् विशाल भट्टराई ?
खोटाङ । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट एमालेका १० आकांक्षीको नाम सिफारिस भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा आइतबार बसेको एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जना र समानुपातिकमा तीनजना आकांक्षीको नाम सिफारिस गरेको हो ।
४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), विशाल भट्टराई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए । समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ । उषाकला पूर्वसामाजिक मन्त्री, पाँचकर्ण पूर्वसांसद र भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक हुन् ।
यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लीलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका छन् ।
प्रदेश सभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमाया तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment