एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं२ बाट सिफारिस

डिसी नेपाल
२० भदौ २०७९ ७:४५
36
Shares

पाल्पा। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ। जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको छ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ। क्षेत्र नं २ मा भने एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेको एकल उम्मेदवारी परेको छ।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

क्षेत्र नं १ प्रदेशसभा (क) बाट राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस भएका छन्। प्रदेशसभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.