रुपन्देही-२ बाट एमाले उपाध्यक्ष पौडेल र दाङ-२ बाट पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

डिसी नेपाल
२० भदौ २०७९ ७:५३
36
Shares

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ।

एमाले क्षेत्रीय कमिटीको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो। पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

यसैगरी नेकपा(एमाले)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट शङ्कर पोख्रेललाई उम्मेदवार सिफारिस गरेको छ।

एमाले महासचिवसमेत रहनुभएका पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो। पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *