पाकिस्तानको जितपछि श्रीनगरमा उत्सव मनाएको विषयमा श्रीनगर पुलिसले दियो चेतावनी
काठमाडौं । दुबईमा आइतबार भएको एसिया कपको पहिलो सुपर ४ खेलमा भारत पाकिस्तानसँग पाँच विकेटले पराजित भएपछि श्रीनगरमा पाकिस्तानको जितको उत्सव मनाइएको दाबीसहित सामाजिक सञ्जालमा केही भिडियोहरू ट्वीट गरिएका छन्।
श्रीनगर पुलिसले तुरुन्तै यी दावीहरूलाई खारेज गर्दै भिडियोहरू नक्कली भएको बताएको छ । सुदर्शन न्युजका सागर कुमारको ट्वीटमा श्रीनगर प्रहरीले कडा आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । तर, पछि सागर कुमारले उक्त ट्वीट डिलिट गरेका थिए । सागर कुमारले आफ्नो ट्वीटमा लेखेका छन्, “पाकिस्तानको जितमा श्रीनगरमा आतिशबाजी।” यो ट्विटमा आतिशबाजीको भिडियो पनि थियो।
सोही भिडियोलाई रिट्वीट गर्दै श्रीनगर पुलिसले लेख्यो, “पुरानो भिडियोहरू मार्फत सनसनीपूर्ण र गलत समाचार नफैलाउनुहोस्। श्रीनगरमा यस्तो कुनै घटना भएको छैन। यो भिडियो पाँच वर्ष पुरानो नवकडल चोकको हो । फेक र पुराना भिडियोहरू धेरै ट्विटर अकाउन्टबाट सेयर भइरहेका छन्, जसमा भेरिफाइड ह्यान्डलहरू पनि छन्। यदि तपाइँ श्रीनगरमा बस्नुहुन्छ भने तपाइँलाई थाहा हुनेछ कि खेल पछि आजको वातावरण कति शान्त छ। फेरि पनि झुटो समाचार नफैलाउन अनुरोध गर्दछौं।’
Don’t spread fake news and sensationalism by circulating old videos. Nothing of this sort reported from anywhere. https://t.co/lWkXXpm26h
— Srinagar Police (@SrinagarPolice) September 4, 2022
गत वर्ष २४ अक्टोबरमा पाकिस्तानसँग भारतको पराजयको उत्सव मनाउने क्रममा आगराबाट तीन कश्मीरी विद्यार्थीलाई पक्राउ गरिएको थियो । उनीहरूको गिरफ्तारीपछि मुख्यमन्त्री योगी आदित्यनाथ आफैंले ट्विट गर्दै भनेका थिए, ‘पाकिस्तानको जितको खुसी मनाउनेहरूले देशद्रोहको सामना गर्नेछन्।’
पक्राउ परेका विद्यार्थीहरू आगराको राजा बलवंत सिंह (आरबीएस) इन्जिनियरिङ कलेजका विद्यार्थी थिए। जुन २०१७ मा, क्रिकेट च्याम्पियन्स ट्रफीमा भारत विरुद्ध पाकिस्तानको विजयको उत्सव मनाउने क्रममा २० मुस्लिमहरू पक्राउ परेका थिए। यो घटना मध्य प्रदेश र राजस्थानको हो । उनीहरुविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो । तर, पछि यो मुद्दा मध्य प्रदेशका १५ जनाबाट हटाउनुपर्ने भयो ।







डिसी नेपाल







Facebook Comment