‘रुसले युरोपका हरेक मानिसको जीवन नष्ट गर्न चाहन्छ’

डिसी नेपाल
२० भदौ २०७९ ११:१५
264
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युरोपका हरेक नागरिकको सामान्य जीवनलाई नष्ट गर्न चाहेको बताएका छन् ।

शनिबार आफ्नो नियमित सम्बोधनमा जेलेन्स्कीले भने, “रुसले मिसाइलले आक्रमण गर्न नसक्ने ठाउँहरूमा गरिबी र राजनीतिक अराजकताको सहारा लिइरहेको छ।”

भोलोडिमिर जेलेन्स्कीको प्रतिक्रिया रुसले युरोपको मुख्य ग्यास पाइपलाइन योजना अनुसार पुन: नखोल्ने घोषणा गरेको केही घण्टा पछि आयो।

रुस–युक्रेन युद्धमा रुसले युरोपलाई ब्ल्याकमेल गर्न ग्यास प्रयोग गरिरहेको युरोपले जनाएको छ । तर, रुसले युरोपका यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि ऊर्जाको मूल्य बढेको छ । आगामी दिनमा यी भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *