दक्षिणी चीनमा ६.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
२० भदौ २०७९ ११:४९
16
Shares

काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको म्याग्निच्युड रिक्टर स्केलमा ६ दशमलव ६ मापन गरिएको छ । यस क्षेत्रमा सोमबार अचानक भूकम्प गएकोले मानिसहरु त्रसित भएका छन् भने धेरै नागरिक घरबाहिर निस्केर सडकमा आएका छन् । अहिलेसम्म भूकम्पबाट ठूलो क्षतिको विवरण आएको छैन ।

यसअघि २६ जुन २०२० मा चीनको सिनजियाङमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का सिनजियाङ क्षेत्रको युटियान क्षेत्रमा रेकर्ड गरिएको थियो। नक्सा अनुसार युटियन क्षेत्र नेपालबाट थोरै दूरीमा अवस्थित छ। तर, नेपालमा भूकम्पको झट्काको कुनै प्रभाव देखिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *