रुसी दूतावासमा आत्मघाती हमला, २ रुसी कूटनीतिज्ञसहित २५ जनाको मृत्यु

डिसी नेपाल
२० भदौ २०७९ १५:४८
744
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल फेरि एक पटक बम विष्फोटले स्तब्ध भएको छ । यस पटक रुसको दूतावास नजिकै भएको विस्फोटमा २ रुसी कूटनीतिज्ञ सहित २५ जनाको मृत्यु भएको छ । काबुल सहरको दारुल अमान क्षेत्रमा विस्फोट भएको हो । रुसी दूतावास यही क्षेत्रमा अवस्थित छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोट रुसी दूतावासको गेट अगाडि भएको थियो । यो आत्मघाती बम आक्रमणकारी द्वारा गरिएको थियो। दूतावास बाहिर तैनाथ तालिबान सुरक्षा गार्डले आक्रमणकारीलाई चिनेको बताइएको छ । उनले आक्रमणकारीलाई गोली पनि हानेका थिए तर अचानक विस्फोट भयो।

तालिवानका स्थानीय प्रहरी प्रमुख मौलावी साबिरका अनुसार आत्मघाती हमलाकारी लक्ष्यमा पुग्नुअघि नै मारिएको थियो। रसिया ती केही देशहरू मध्ये एक हो जसले अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पनि काबुलमा आफ्नो दूतावास सञ्चालन जारी राखेको छ।

यद्यपि मस्कोले आधिकारिक रूपमा तालिवान सरकारलाई मान्यता दिएको छैन। समाचार एजेन्सीका अनुसार रुसको विदेश मन्त्रालयले काबुलस्थित आफ्नो दूतावास नजिकै भएको विस्फोटमा दुई कर्मचारीको मृत्यु भएको स्वीकार गरेको छ ।

तालिबान सरकार आएपछि अफगानिस्तानमा हुने विस्फोटका घटना रोकिने नाम लिइरहेका छैनन् । सेप्टेम्बर २ मा, पश्चिमी अफगानिस्तानको हेरान्त प्रान्तको भीडभाड भएको मस्जिदमा भएको विस्फोटमा २० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा मस्जिदका धर्मगुरु मौलाना मुजीब उर रहमान अन्सारी पनि थिए। यस हमलामा २ सय जना घाइते भएका छन् ।

गुजरगाह मस्जिदमा शुक्रबारको नमाजपछि मस्जिदभित्र आक्रमण भएको थियो । हेरातका गभर्नरका प्रवक्ताले यो आत्मघाती हमला भएको बताए । तालिवानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर हेरन्त प्रान्तमा रहेका बेला आक्रमण भएको हो।

यसअघि १७ अगस्टमा काबुलको एक मस्जिदमा विस्फोट भएको थियो, जसमा २० जनाको मृत्यु भएको थियो। विस्फोटमा करिब ४० जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *