सत्ता गठबन्धनले सिट बाँडफाँटकाे टुंगाे आज लगाउने

डिसी नेपाल
२१ भदौ २०७९ ६:१३
52
Shares

काठमाडौं। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ। गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित रहेको थियो।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरुले बताएका थिए। गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ-आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.