क्यानडामा छुरा प्रहारः एक संदिग्ध मृत फेला

डिसी नेपाल
२१ भदौ २०७९ ८:५४
188
Shares

ओटाबा। क्यानडा प्रहरीले सास्काचेवानमा आइतबार सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको जनाएको छ। संदिग्ध दाजुभाइमध्ये ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिथ क्री नेसनमा भेटिएको प्रहरीले जनाएको छ।

आइतवार सास्काचेवानका विभिन्न स्थानमा चक्कु प्रहार हुँदा अन्य १८ जना घाइते भएका थिए। आक्रमणसँग जोडिएका घटनाबारे प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । जथाभावी छुरा प्रहारपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको थियो।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *