उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

डिसी नेपाल
२१ भदौ २०७९ १३:४४
44
Shares

काठमाडौं। एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ।

एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो। सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको छ।

उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै देहायबमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह समेत गरेको छ।

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेस गर्नुहुन), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ/नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.