रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्योः अमेरिका
न्युयोर्क। रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ।
पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, ‘हामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ।’ रुसले फेव्रुवरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो। तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ।
रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्रापत गरेको छ। पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ।
युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोलाबारुद प्रयोग गरेका छन्। रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यन्नको मूल्य बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment