‘ताइवान चीनको प्रान्त हो, अमेरिकालाई यसको रक्षासँग के मतलब ?’

डिसी नेपाल
२३ भदौ २०७९ ११:१८
3.6k
Shares

काठमाडौं । ताइवानको रक्षालाई ध्यानमा राखेर हतियार आपूर्ति गरिरहेको अमेरिकाको भनाइप्रति चीनले कडा आपत्ति जनाएको छ । चीनका विदेशमन्त्रीले बुधबार भने, ‘ताइवान चीनको प्रान्त हो। अमेरिकालाई यसको रक्षासँग के मतलब ?’

एक चीन नीति अन्तर्गत चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। र चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा अन्तर्राष्ट्रियले मान्यता दिएको चाहँदैन।

भर्खरै अमेरिकी कंग्रेस अध्यक्ष न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्, जसमा चीनले कडा आपत्ति जनाउँदै अमेरिकाले यसको परिणाम बेहोर्नुपर्ने बताएको थियो।

अमेरिकापछि धेरै युरोपेली देशहरु अहिले खुलेर ताइवानको पक्षमा बोलिरहेका छन् । युक्रेनमा रुसको हमलापछि चीनले पनि ताइवानलाई यस्तै केही गर्न सक्छ भन्ने डर कतिपय देशमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *