सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट
काठमाडाैं। नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ। फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सालमन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो।
भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे।
सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे। उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए।
भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सालमनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए। उनले नेपालले वातावणको क्षेत्रमा गरेको काम सराहनीय रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment