‘नागरिकता विधेयक प्रमाणीकरण नगरी यताउता गर्ने अधिकार राष्ट्रपतिलाई छैन’
काठमाडौं । सत्तारुढ घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले अब नागरिकता विधेयक प्रमाणीकरण यताउता गर्ने अधिकार नभएको बताएका छन् ।
पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त बुझेन भने एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिएको बताउँदै प्रचण्डले भने, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार राष्ट्रपतिलाई छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छौं ।’
राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।
दोस्रो पटक पनि पठाइएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने उनले बताए । प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’







डिसी नेपाल








Facebook Comment