स्थानीय तह निर्वाचनमा अन्तर्घातको आरोप लागेका थापालाई रोक्न कार्यकर्ताको दबाव

डिसी नेपाल
२४ भदौ २०७९ १२:५७
184
Shares

पोखरा। निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु उम्मेदवार सिफारिस गर्न व्यस्त छन्। मुलुकका विभिन्न भागबाट संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस धमाधम भइरहेको छ भने कतिपय जिल्लामा भने सिफारिस गर्ने क्रममा दलहरु रहेका छन्।

टिकट दँदा जित्ने र जनताप्रति लोकप्रिय नेतालाई दिनुपर्ने आवाज कार्यकर्ताले बेला बेलामा उठाउने गरेका छन्। तर कपितय ठाउँमा भने पद र पैसाको दुरुपयोग गरी जसरी पनि आफूले टिकट लिने गतिविधि पनि देखिएका छन्।

आफू वा आफू निकटले टिकट पाए सहयोग गर्ने, आफूले भनेको व्यक्तिलाई टिकट नदिए अन्तर्घात गरेर पार्टीलाई पराजित गरेको भन्दै कास्की कांग्रेसका केही नेतालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरिएको छ।

गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको भन्दै गण्डकी प्रदेश सरकारमा कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापालाई कारवाहीका लागि सभापति देउवालाई आग्रह गरिएको हो।
कांग्रेस कार्यकर्ता शारदा गिरीले विन्दुकुमार थापालगायतका नेताहरुले पार्टीको नीति विपरित स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधी

कारवाही गर्न आग्रह गरेकी छन्। नेपाल महिला संघ क्षेत्र नम्बर २ कि सभापतिसमेत रहेकी गिरीले कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिसमेतलाई निवेदन बाधार्थको रुपमा सम्वोधन गरेकी छन्।

थापा अहिले गण्डकी प्रदेश सरकारमा कानुन मन्त्री छन्। उनी धनाढ्य मन्त्रीको रुपमा पनि चिनिन्छिन्। गण्डकी प्रदेश सरकारले सत्ता पक्षका प्रदेशसभा सदस्यलाई निर्वाचन क्षेत्रमा हाल्नका लागि पाँच करोडको कार्यक्रम दिएको थियो।

अन्य सदस्यले पाँच करोडको कार्यक्रम आफ्नै निर्वाचन क्षेत्रमा हाले पनि मन्त्री थापाले निर्वाचन क्षेत्र बाहिर आफ्नो प्लटिङ नजिकै कार्यक्रम पारेको भन्दै उनको आलोचना हुने गरेको छ। प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा उनले जसरी पनि आफ्नो नाम हुनु पर्ने भन्दै अडान लिएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.