पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन: महासचिव गुटेर्रेस
इस्लामाबाद। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन्। उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए।
‘मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन’, उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने।
‘आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैन’, उनले भने।
युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको मृत्यु भएको छ। बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ।
बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भि अनुमान गरिएको छ। महासचिव गुटेर्रेसले बाढीग्रसत पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे। बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ।







डिसी नेपाल







Facebook Comment