प्रधानमन्त्री देउवाले नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए। विरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment