महाअभियोग सिफारिस समितिको बैठक, सुरु भयो चोलेन्द्र शमशेर जबराको बयान

डिसी नेपाल
२६ भदौ २०७९ १३:४८
52
Shares

काठमाडौँ। प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो।

बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ। जबराको आइतबार चौथो दिनको बयान हो।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन्।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.